

जनकपुरधामको राजदेवी मन्दिरमा दिइयो १४ हजार बढी बोकाको बलि



जनकपुरधाम । जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा १४ हजार २९१ वटा बोकाको बलि दिइएको छ। मन्दिरमा महाष्टमी तिथिको राति ८ बजेर ५ मिनेटदेखि करिब ७ घण्टासम्म बिहान ३ बजेर ३८ मिनेटसम्म बलि दिइएको हो।
गत वर्ष मन्दिरमा ८ हजार ९६८ वटा बोकाको बलि दिइएको थियो। कोरोना महामारीको कारण गत वर्ष बलि दिनेको संख्या कम भएको थियो।
राजदेवी मन्दिरमा बोकाको बलि दिन वरपरका क्षेत्र, सीमावर्ती जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट समेत भक्तजनहरु आउने गर्दछन्। बलि चढाए मनोकांक्ष पूरा हुने जनविश्वास छ।
मन्दिरमा बलि लगायत दशैंके कार्यक्रमको व्यवस्थापन महावीर युवा कमिटीले गर्दै आएको छ। बलि दिन हजारौंको भक्तजन बुधबार दिउँसैदेखि लाइनमा लागेका थिए।
बोका बलि दिन यस वर्ष चारवटा अस्थायी ठेहा (बलि दिने गर्ने स्थल) राखिएको थियो। प्रत्येक ठेहामा १० जनाको समूहमा बलि दिने स्वयंसेवक परिचालन गरिएको थियो। प्रत्येक ठेहामा प्रतिमिनेट ४० को संख्यामा बलिप्रदान गरिएको थियो।
कार्यक्रमलाई व्यवस्थित बनाउन आयोजक महावीर युवा कमिटीले ५०० जना स्वयंसेवक परिचालन गरेको थियो। बलिका लागि प्रतिबोका २०० रुपैयाँ अग्रिम टिकट काट्नु पर्ने र संकलित रकम परिचालन व्यवस्थापन स्थानीय क्लबले गर्ने गरेको छ। बोका बलिबाट मात्र २८ लाख ४८ हजार २०० रुपैयाँ संकलन भएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया