

जनकपुरधामको राजदेवी मन्दिरमा दिइयो १४ हजार बढी बोकाको बलि



जनकपुरधाम । जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा १४ हजार २९१ वटा बोकाको बलि दिइएको छ। मन्दिरमा महाष्टमी तिथिको राति ८ बजेर ५ मिनेटदेखि करिब ७ घण्टासम्म बिहान ३ बजेर ३८ मिनेटसम्म बलि दिइएको हो।
गत वर्ष मन्दिरमा ८ हजार ९६८ वटा बोकाको बलि दिइएको थियो। कोरोना महामारीको कारण गत वर्ष बलि दिनेको संख्या कम भएको थियो।
राजदेवी मन्दिरमा बोकाको बलि दिन वरपरका क्षेत्र, सीमावर्ती जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट समेत भक्तजनहरु आउने गर्दछन्। बलि चढाए मनोकांक्ष पूरा हुने जनविश्वास छ।
मन्दिरमा बलि लगायत दशैंके कार्यक्रमको व्यवस्थापन महावीर युवा कमिटीले गर्दै आएको छ। बलि दिन हजारौंको भक्तजन बुधबार दिउँसैदेखि लाइनमा लागेका थिए।
बोका बलि दिन यस वर्ष चारवटा अस्थायी ठेहा (बलि दिने गर्ने स्थल) राखिएको थियो। प्रत्येक ठेहामा १० जनाको समूहमा बलि दिने स्वयंसेवक परिचालन गरिएको थियो। प्रत्येक ठेहामा प्रतिमिनेट ४० को संख्यामा बलिप्रदान गरिएको थियो।
कार्यक्रमलाई व्यवस्थित बनाउन आयोजक महावीर युवा कमिटीले ५०० जना स्वयंसेवक परिचालन गरेको थियो। बलिका लागि प्रतिबोका २०० रुपैयाँ अग्रिम टिकट काट्नु पर्ने र संकलित रकम परिचालन व्यवस्थापन स्थानीय क्लबले गर्ने गरेको छ। बोका बलिबाट मात्र २८ लाख ४८ हजार २०० रुपैयाँ संकलन भएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया