

नेप्से साढे १८ अङ्कले घट्यो, चार अर्ब ४९ कराेड रुपैयाँको कारोबार



काठमाण्डाै
हप्ताको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १८ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६ सय ६२ दशमलव ५८ विन्दुमा झरेको छ ।
आज फाइनान्स, जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । उत्पादन, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागको छ ।
आज शिवम् सिमेन्ट, माउन्टेन हाइड्रो नेपाल र रिडी हाइड्रोको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै जीवन विकास लघुवित्त र महिला लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज दुई सय २० वटा कम्पनीका ७२ लाख ५१ हजार कित्ता शेयर चार अर्ब ४९ करोड ८० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महिला लघुवित्त र जीवन विकास लघुवित्तको १८ करोड रुपैयाँभन्दा धेरैका दरले शेयर खरिद बिक्री भएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया