

साफ च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै


काठमाण्डाै
साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा सुरु हुनेछ । यसअघिका दुई खेल जितेको नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलङ्कालाई ३–२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक छ । दुई खेलमा बराबरी खेलेको भारत २ अङ्कसहित चौथो स्थानमा छ ।
भारतलाई फाइनल पुग्न अबका बाँकी दुई खेल जित्नै पर्ने दबाब छ । भारतले पहिलो खेलमा बङ्गलादेशसँग १/१ गोलको बराबरी र दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरी खेलेको थियो।
भारतसँगको खेलअघि बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय टोलीसँग नडराउने बताएका छन् । उनले नेपाल भारतसँग जित्नकै लागि खेल्ने पनि बताएका छन् ।
भारत साफमा सात पटकको विजेता हो । नेपाल र भारत अहिलेसम्म २१ खेल खेलेकोमा भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएका छन् ।
यसअघि घरेलु मैदान दशरथ रङ्गशालामा भएका दुई मैत्रीपूर्ण खेलमध्ये नेपालले पहिलो खेलमा बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारत २–१ विजयी भएको थियो । त्यस्तै कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिप जित्ने आफ्नो, टोलीको र नेपाली फुटबलप्रेमीको सपना पूरा गर्न भारतसँगको खेल महत्त्वपूर्ण रहेको बताएका छन् ।
भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमासले पनि नेपालसँग जित्नकै लागि खेल्ने बताएका छन् । उनले नेपाली टोलीले उत्कृष्ट खेलिरहेको पनि बताएका छन् । दक्षिण एसियाका ५ टोली साफ च्याम्पियनसिपमा सहभागी छन् ।
तीन खेल खेलेको बङ्गलादेश ४ अङ्कका साथ दोस्रो र दुई खेल खेलेको माल्दिभ्स ३ अङ्कका साथ तेस्रो स्थानमा छ । एक अङ्क रहेको श्रीलङ्का पुछारमा छ । नेपाल र भारतको खेल अघि आज बेलुका पौने ५ बजे माल्दिभ्स र श्रीलङ्का पनि खेल्दैछन् ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया