
सिनर्जी बहुउद्धेश्यीय सहकारीले ल्यायो दशैँमा बम्पर उपहार योजना

कपिलवस्तु ।
विजया दशमीको अवसर पारी कपिलवस्तुको सिजर्नी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले शुभकामना आदानप्रदान सँगै दशैँ बम्पर उपहार शुभारम्भ गरेको छ ।
सहकारी बजार बोडगाउँमा आयोजति एक कार्यक्रमका साथमा सहकारीले दसै तिहार तथा छठ पर्बका अबसरमा बम्पर उपहार कार्यक्रम बिहिाबार देखि शुाभारम्भ गरेको जनाएको हो ।
बम्पर उपहार अन्गरतग सहकारीले ३००० को सामान खरिदमा १ उपहार कुपन, ६००० बराबरको सामान खरिदमा २ कुपन, ८००० को सामान खरिदमा ३ कुपन, १०००० को सामान खरिदमा ४ कुपन र ११ हजारको सामान खरिदमा ५ कुपन दिइने जनाएको हो । यो कार्यक्रम असोज २४ गते देखि कार्तिक २४ गते सम्म एक महिना लागु हुने छ । उपहार कुपनका विजेताहरुले प्रथम पुरस्कार फ्रज पाउने छन भने द्धितीय हुनेले स्टिल दराज, तृतिय पुरस्कार ग्यास सेट, चौथो पुरस्कार राईस कुकर र सान्तवना पुरस्कार भिते घडी १३ जनालाई प्रदान गर्ने सहकारीले जनाएको छ ।
शुभकामना आदानप्रदान तथा बम्पर उपहार शुभारम्भ कार्यक्रममा सहकारीका अध्यक्ष लक्षमण प्रसाद बेल्बासेको अध्यक्षता सहति बाणगंगा ८ का वडा अध्यक्ष अध्यक्ष गुणानिधी भुसालको प्रमूख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उधोग बाणिज्य संघका प्रतीनिधि गिरि राज पौडेल, वाणगगा दुग्ध सहकारी संस्थाका अध्यक्ष राधेश्याम न्यौपाने, टोल बिकास सस्थाका अध्यक्ष, वाणगगा माबिका प्राचार्य कुलराज पौडेल लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सिनर्जी बहुउद्धेश्यीय सहकारी बोड्गाउ शाखाका संयोजक हुमनाथ पौडेलको स्वागत सहित चिल्ड्रेन प्यारा डाईज ईङ्लिस बोडिङ स्कुलका प्रिन्सिपल केसब सापकोटा,भलवाड सेवा केन्द्रका संयोजक धुर्ब बेल्बासे, लगाएतले सम्बोधन गरेका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया