

दशैँ मनाउन भारतबाट खसी-बोका तस्करी



नेपालीहरूको महान् पर्व दशैँका बेला दार्चुलामा भारतीय सीमाबाट खसी-बोका तस्करी हुने गरेको पाइएको छ । भारतसँग महाकाली नदीले सीमा छुट्याएको सुदूरपश्चिमको दार्चुलामा सीमा नदी महाकाली तस्करहरूका लागि खसी-बोका तार्ने स्थान बनेको छ ।
दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली नगरपालिका- १ सल्लेबगरमा महाकाली नदीबाट बुधबार राति ११ बजेतिर भेडा तार्ने क्रममा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माले बताए ।
दशैँमा बलिका लागि भारतबाट ल्याउन लागिका नौवटा भेडाहरू सीमा पुलबाट ल्याउन नपाइने भएपछि नदीबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
राति महाकाली नदीबाट भेडा तस्करी भइरहेको खबर पाएपछि प्रहरी निरीक्षक विश्वकर्मा नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको थियो । राति नौवटै भेडाको सिङ बाँधेर तार्न खोज्दा पानीमा डुबेर भेडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भेडा तार्ने कार्यमा संलनलाई नियन्त्रणमा दिएर सोधपुछपछि छाडिएको उनले बताए । मरेका भेडालाई सरोकारवालाको रोहवरमा गाडिएको उनले बताए । – न्युज कारखाना


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया