

दशैँ मनाउन भारतबाट खसी-बोका तस्करी

नेपालीहरूको महान् पर्व दशैँका बेला दार्चुलामा भारतीय सीमाबाट खसी-बोका तस्करी हुने गरेको पाइएको छ । भारतसँग महाकाली नदीले सीमा छुट्याएको सुदूरपश्चिमको दार्चुलामा सीमा नदी महाकाली तस्करहरूका लागि खसी-बोका तार्ने स्थान बनेको छ ।
दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली नगरपालिका- १ सल्लेबगरमा महाकाली नदीबाट बुधबार राति ११ बजेतिर भेडा तार्ने क्रममा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माले बताए ।
दशैँमा बलिका लागि भारतबाट ल्याउन लागिका नौवटा भेडाहरू सीमा पुलबाट ल्याउन नपाइने भएपछि नदीबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
राति महाकाली नदीबाट भेडा तस्करी भइरहेको खबर पाएपछि प्रहरी निरीक्षक विश्वकर्मा नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको थियो । राति नौवटै भेडाको सिङ बाँधेर तार्न खोज्दा पानीमा डुबेर भेडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भेडा तार्ने कार्यमा संलनलाई नियन्त्रणमा दिएर सोधपुछपछि छाडिएको उनले बताए । मरेका भेडालाई सरोकारवालाको रोहवरमा गाडिएको उनले बताए । – न्युज कारखाना


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया