

ईपीएल उद्घाटन खेलमा ललितपुर ७ विकेटले पराजित



काठमाडौं । बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर राएल बर्लको उत्कृष्ट प्रदर्शनमा काठमाडौं किंस ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएलमा विजयी सुरुवात गरेको छ ।
ईपीएल अन्तर्गत शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो । ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौंले १४।२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
काठमाडौंको जितमा जिम्बाव्वेका बर्लले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए । यस्तै अफगानिस्तानका गुर्बाजले ५९ रन बनाए । राजु रिजाल १९ रनमा अविजित रहे । १५६ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंको सुरुवात पनि राम्रो हुन सकेन ।ओपनर सुबास खकुरेल पहिलो ओभरमा खाता नखोली रनआउट भए भने अमित श्रेष्ठ दोस्रो ओभरमा ४ रन बनाएर रनआउट हुँदा काठमाडौंले १२ रनमै २ विकेट गुमाएको थियो ।
तर अर्का ओपनर रहमानुल्लाह गुर्बाजले एक छेउबाट आक्रमक ब्याटिङ गर्दै काठमाडौंको ईनिङ्स समहाले । उनलाई राएन बर्लले गतिलो साथ दिए । यी दुईले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । गुर्बाजले ३६ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा ५९ रन बनाए ।
११ औं ओभरमा गुर्बाज आउट हुँदा काठमाडौंको स्कोर८८ थियो । त्यसपछि बराबरी बर्लले आक्रमक ब्याटिङ गर्दै २७ बलमै अर्धशतक बनाए ।
बर्लले राजु रिजालसंग चौथो विकेटका लागि अविजित ७२ रनको साझेदारी गर्दै काठमाडौंलाई जितसम्म पुर्याए ।
बर्लले ३४ बल खेल्दै ३ चौका र ७ छक्का मद्दतमा अविजित ७३ रन बनाए । बर्लले १५औं ओभरको दोस्रो बलमा ललितपुरका कप्तान कुशल भुर्तेललाई चौका प्रहार गर्दै काठमाडौंलाई जित दिलाए । राजुले १३ बल खेल्दै २ चौका मद्दतमा अविजित १९ रन बनाए ।
ललितपुरका पवन सर्राफले १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले पवन सर्राफको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको हो । ललितपुरका लागि पवन सर्राफले ६१ रन बनाए ।
खेलको पहिलो बलमै ललितपुरका कप्तान कुशल भुर्तेल आउट भएका थिए । त्यसै ओभरमा सन्दुन विराकोडी २ रन बनाएर आउट भए । दोस्रने ओभरमा गुल्शन झा ले ओसादा फर्नान्डोलाई आउट गरेपछि ललितपुरले ७ रनमै ३ विकेट गुमायो ।
त्यसपछि शंकर राना र पवन सर्राफले ललितपुरको ईनिङ्स सम्हाले । यी दुईले तेस्रने विकेटका लागि ५६ रनको साझ्दारी गरे ।
शंकर राना १४ रन बनाएर १० औं ओभरमा आउट भए ।त्यसपछि पवन र योगेन्द्र सपंह कार्क्कीले पाँचौ विकेटका लागि ६२ रनको साझेदारी गरे । दुवैलाई काठमाडौंका राएन बर्लले १७ औं ओभरमा आउट गरे । पवनले ४४ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा ६१ रन बनाए । योगेन्द्रले २० बल खेल्दै ३ छक्का मद्दतमा ३३ रन जोडे ।
पहिलो पटक विदेशी लिग खेल्ने भुटानी खेलाडी बनेका रन्जुग मिक्यो दोर्जीले अविजित १७ रन जोडे ।
काठमाडौंका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । राएन बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुल्शन झा ले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए ।
कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४रन खर्चिएपनि विकेट लिन सकेनन् । यस्तै पाकिस्तानका शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए भने विकेट लिन सकेनन् ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया