

नयाँ नोटको जतन गर्न राष्ट्र बैंकको आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोटको संरक्षण गर्न आग्रह गरेको छ ।
दशैँ नजिकिँदै गर्दा नयाँ नोट फोहोर हुनसक्ने सम्भावना भएपछि राष्ट्र बैंकले नयाँ नोटको संरक्षण गर्न आग्रह गरेको हो । सर्वसाधारणले दैनिक रूपमा गरिने किनमेलमा होस् या चाडबाडमा होस् नोटहरूको जथाभावी प्रयोग गर्दै आएका छन् । तर ती नोट छाप्न आर्थिक रूपमा ठूलो खर्च लाग्ने गरेको छ । नयाँ नोट छाप्न राष्ट्र बैंकले ठूलो धनराशि खर्च गर्दै आएको छ । त्यसैले नोटको जतन गर्न राष्ट्र बैंकले आग्रह गर्दै आएको हो ।
राष्ट्र बैंकले निष्काशन गरेको नोट, मोहर, रुपैयाँ, रेचकी वा पैसा नेपाली मुद्रा हुने भनी नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन– २०१४ को दफा २ मा उल्लेख गरेको छ । सबैले ती मुद्राको प्रयोग जतपूर्वक गर्नुपर्ने उल्लेख गरिएको छ । कागजी नोट चाँडै बिग्रने भएकाले सावधानीपूर्वक चलाउनुपर्नेमा राष्ट्र बैंकको जोड छ ।कागजी नोटलाई जतनपूर्वक चलाउन सकेनौँ भने नोटको आयु चाँडै सकिन्छ । त्यसैले नोटको जतन गर्नु सबैको दायित्व हो ।
यसरी गरौँ नयाँ नोटको संरक्षण
नयाँ नोट नेपालीको सभ्यताको प्रतिक हो । त्यसैले नयाँ नोटको जतन गर्नु हामी सबैको दायित्व हो । हामीले दैनिक रूपमा किनमेल गर्दा जनपूर्वक पैसाको कारोबार गर्ने, पैसालाई नदोबार्ने, नखुम्च्याउने तथा स्टिच नलगाउने गर्नुपर्छ । त्यसो गर्नाले नोट चाँडै पुराना तथा झुत्रा हुनुका साथै आयु पनि घट्छ ।
त्यसका साथै चाडबाडमा पैसामा टिका तथा रङ नलगाउने, पानीमा नभिजाउने तथा जतनपूर्वक प्रयोग गर्ने गर्नुपर्छ । हामी सबैले नयाँ नोटको संरक्षण गर्न सके नोटको जतन हुनुका साथै राष्ट्रलाई पर्ने ठूलो आर्थिक भारबाट पनि बचाउन सकिन्छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया