

नेकपा मसालका जेष्ठ सदस्य गुरुङको १०४ वर्षको उमेरमा निधन



रिसव आचार्य बुटवल । नेकपा मसालका जेष्ठ सदस्य तथा बरिष्ठ वामपन्थी नेता खगुलाल गुरुङको निधन भएको छ । १०४ वर्षीय गुरुङको आइतबार बिहान करिब ८ बजे बुटवलमा उपचारका क्रममा निधन भएको हो ।
नेता गुरुङलाई कोरोना पोजिटिभ देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइरहनुभएको थियो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि गएको बुधबार बुटवल ल्याइएको थियो ।
राष्ट्रिय जनमोर्चाले उहाँको शवलाई सम्मानका साथ बुटवलबाट प्युठान लैजाने तयारी गरेको छ । प्युठानको गौमुखी गाउँपालिका–७ कोइरा निवासी गुरुङको भोलि (सोमबार) अन्त्येष्टि गरिने राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नारायण जिसीले जानकारी दिनुभयो ।
नेकपा (मसाल) मा आवद्ध रहेर नेपालको कम्युनिष्ट आन्दोलनलाई महत्वपूर्ण योगदान पुर्याउनुभएका गुरुङले यही भदौ २५ गते आफ्नो १०४ औँ जन्मदिवस मनाउनुभएको थियो


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया