
नेकपा मसालका जेष्ठ सदस्य गुरुङको १०४ वर्षको उमेरमा निधन

रिसव आचार्य बुटवल । नेकपा मसालका जेष्ठ सदस्य तथा बरिष्ठ वामपन्थी नेता खगुलाल गुरुङको निधन भएको छ । १०४ वर्षीय गुरुङको आइतबार बिहान करिब ८ बजे बुटवलमा उपचारका क्रममा निधन भएको हो ।
नेता गुरुङलाई कोरोना पोजिटिभ देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइरहनुभएको थियो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि गएको बुधबार बुटवल ल्याइएको थियो ।
राष्ट्रिय जनमोर्चाले उहाँको शवलाई सम्मानका साथ बुटवलबाट प्युठान लैजाने तयारी गरेको छ । प्युठानको गौमुखी गाउँपालिका–७ कोइरा निवासी गुरुङको भोलि (सोमबार) अन्त्येष्टि गरिने राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नारायण जिसीले जानकारी दिनुभयो ।
नेकपा (मसाल) मा आवद्ध रहेर नेपालको कम्युनिष्ट आन्दोलनलाई महत्वपूर्ण योगदान पुर्याउनुभएका गुरुङले यही भदौ २५ गते आफ्नो १०४ औँ जन्मदिवस मनाउनुभएको थियो


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया