

विश्वमा कोरोना : संक्रमितको संख्या २२ करोड नाघ्यो, अमेरिकामामात्र ४ कराेड बढी



काठमाडौं । गत २४ घण्टामा विश्वभरमा चार लाख २४ हजार पाँच सय तीन जना कोरोनाका संक्रमित थपिएका छन्। थपिएका चार लाख बढी संक्रमित सँगै विश्वमा कोरोना संक्रमणको चपेटामा पर्नेको संख्या २२ करोड नाघेको छ।
तथ्याङ्क अनुसार हालसम्म विश्वभरमा २२ करोड १५ लाख १६ हजार पाँच सय १८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। पछिलला दिनमा अमेरिकामा थपिनेको संख्या घट्दो क्रममा रहेको छ।
संक्रमति मध्ये ४५ लाख ८१ हजार दुई सय ८८ जनाले ज्यान गुमाइसकेका छन्। गत २४ घण्टामा पनि कोरोनाको संक्रमणबाट विश्वभरमा छ हजार पाँच सय ९५ जनाको मृत्यु भएको छ।
यस्तै हालसम्म १९ करोड ८० लाख छ हजार दुई सय ८८ जना निको भएर घर फिर्ता भएका छन्। गत २४ घण्टामा पनि चार लाख ३५ हजार तीन सय २५ जना कोरोनाका संक्रमितहरु संक्रमण मुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा सबैभन्दा बढी भारत ४३ हजार नौं सय १७ जना रहेका छन्। उसो त गत २४ घण्टामा संक्रमित हुने पनि भारतकै सबै भन्दा बढी रहेका छन्। भारतमा गत २४ घण्टामा ३९ हजार पाँच सय २१ जना संक्रमित थपिएका छन्।
हालसम्म अमेरिकामा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। अमेरिकामा संक्रमितको संख्या चार करोड आठ लाख तीन हजार छ सय ३९ रहेको छ। यस्तै मृत्यु हुनेको संख्या पनि छ लाख ६६ हजार दुई सय १९ रहेको छ।
यस्तै भारतमा हालसम्म तीन करोड ३० लाख २७ हजार एक सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख ४० हजार सात सय ८५ रहेको छ।
ब्राजिलमा पनि दुई करोड बढीमा संक्रमण पुष्टि भएको छ। तथ्याङ्क अनुसार हालसम्म ब्राजिलमा दुई करोड ८९ लाख सात सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ब्राजिलमा कोरोनाको संक्रमणबाट हालसम्म पाँच लाख ८३ हजार छ सय २८ जनाको ज्यान गएको छ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया