

अर्घाखाँचीकाे ठाडामा हाईस दुर्घटना, एकजनाकाे ज्यान गयाे : थप विवरण सहित



उमेश बन्जाडे, अर्घाखाँची
अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकाकाे ठाडामा भएकाे हाईस दुर्घटनामा एकजनाकाे मृत्यु भएकाे छ । काठमाण्डाैबाट अर्घाखाँची आउदै गरेकाे लु १ ख ८६३९ नम्वरकाे हाईस सितगंगा नगरपालिका वडा नं ३ आर्मी ब्यारेक नजिकै सडकदेखी करिव ४०० मिटर तल खसेर रुखमा अड्किएकाे हाे ।
मृत्यु हुनेमा भुनपा ९ का करिव २७ वर्षका सन्जय वि.क. रहेका छन् भने ७ जना घाईते भएका छन् । य । घटनामा घाईते हुनेमा सनपा ११ का समीक्षा शाह, सनपा २ कि सीता मुखिया, मालारानी ५ का गंगा बहादुर पन्थि, भूनपा १ का श्याम बहादुर नेपाली, सनपा १२ का गाेविन्द बस्याल, सप्तरी जिल्लाका राेहित कुमार शाह, भूनपा १ का लाेक बहादुर नेपाली र भुनपा ८ का केशव खत्री रहेका छन् ।
दुर्घटनामा हाइस चालक सुदन रायमाझी र सहचालक धारापानीका टेकराज बन्जाडेकाे अवस्था सामान्य रहेकाे र गम्भिर घाईते लाेक बहादुर नेपाली र गाेविन्द बस्याल दुईजनाकाे बुटवल रिफर गरिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएकाे छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया