काठमाण्डाैबाट अर्घाखाँची आउदै गरेकाे हाईस ठाडामा दुर्घटना

उमेश बन्जाडे, अर्घाखाँची, काठमाण्डाैबाट अर्घाखाँची आउदै गरेकाे बा ३ ख ८६३९ नम्बरको हाईस बिहान ५ बजे ठाडामा दुर्घटना भएको छ । हाइस शितगंगा ३ को आर्मी ब्यारेक नजिकै दुर्घटना भएको हो । हाईस सडकवाट ४०० मिटर तल खसेको छ ।

गाडिमा सवार चालक सहचालक सहित १३ मध्ये १ को मृत्यु, २ को अवस्था गम्भीर छ भने अन्य सामान्य घाईते भएका छन् । अहिले घटना स्थलमा नेपाल प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरिरहेको छ । घाइतेलाई प्राथमिक उपचार केन्द्र ठाडामा सामान्य उपचार पछि वुटवल पठाईएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

घटना के कतिले भयो भन्ने अझै पत्ता लागेको छैन् । घटना सम्बन्धि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाकी….

प्रतिक्रिया