
वाणगंगा ६ मा प्रवेश निषेध अभियान

ई-साकुरा, भदौ ८
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ स्थित प्रगतिशिल टोल विकास संस्थाले कडाई गरेको छ । टोल विकास संथाको बैठक बसी विभिन्न महत्वपुर्ण निर्णय गरेको छ । बैठकले टोल विकास क्षेत्रमा भेला जमघट तथा नाचगान नगर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले सांझ ८ बजे पछि अपरिचित व्यक्ति प्रवेश गरि कसैको घरमा नाचगान, रमाईलो तथा हुलदंगा गर्ने घरधनीाई समेत कारवाही गर्ने निर्णय गरेको छ । त्यस्तै कोभिड १९ को संक्रमण कायमै रहेकाले सके सम्म घरमै बस्ने अत्यावश्क रुपमा निस्कनु परे अनिवार्य रुपमा मास्कको सहि प्रयोग गर्ने भौतिक दुरी कायम गर्न सम्पुर्ण टोलवासीलाई आग्रह गरिएको टोल विकास संस्थाका अध्यक्ष ऋषिराम अचार्यले जानकारी दिएका छन् ।
साथै कोराना भाइरसको जोखिम र गाउँमा चोरी जन्य कार्यहरु बढिरहकोले बैधानिक नभएता पनि ब्यवहारिक बाध्यताले गर्दा यो कदम चाल्नु परेको टोल विकास संस्थाले जनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया