

वाणगंगा ६ मा प्रवेश निषेध अभियान



ई-साकुरा, भदौ ८
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ स्थित प्रगतिशिल टोल विकास संस्थाले कडाई गरेको छ । टोल विकास संथाको बैठक बसी विभिन्न महत्वपुर्ण निर्णय गरेको छ । बैठकले टोल विकास क्षेत्रमा भेला जमघट तथा नाचगान नगर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले सांझ ८ बजे पछि अपरिचित व्यक्ति प्रवेश गरि कसैको घरमा नाचगान, रमाईलो तथा हुलदंगा गर्ने घरधनीाई समेत कारवाही गर्ने निर्णय गरेको छ । त्यस्तै कोभिड १९ को संक्रमण कायमै रहेकाले सके सम्म घरमै बस्ने अत्यावश्क रुपमा निस्कनु परे अनिवार्य रुपमा मास्कको सहि प्रयोग गर्ने भौतिक दुरी कायम गर्न सम्पुर्ण टोलवासीलाई आग्रह गरिएको टोल विकास संस्थाका अध्यक्ष ऋषिराम अचार्यले जानकारी दिएका छन् ।
साथै कोराना भाइरसको जोखिम र गाउँमा चोरी जन्य कार्यहरु बढिरहकोले बैधानिक नभएता पनि ब्यवहारिक बाध्यताले गर्दा यो कदम चाल्नु परेको टोल विकास संस्थाले जनाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया