

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा डुबेर ४ जनाको मृत्यु



काठमाडौं ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पानीमा डुबेर ४ जनाको मृत्यु भएको छ । रुकुम पश्चिममा दुई जनाको , नवलपरासी पश्चिम र रुपन्देहीमा एक एक जना सहित चार जनाको पानीमा डुबेर मृत्यु भएको हो ।
प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष ) ले सम्प्रेषण गरेको सूचना अनुसार रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ स्थित ठूली दहमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका–१ सल्ले बस्ने २१ वर्षीय भीम बहादुर थापा र १७ वर्षीय प्रेम बहादुर थापाको मृत्यु भएको हो ।
त्यस्तै रुपन्देहीको सैन मैना नगरपालिका–३ पश्चिम गंगानगर घमाह खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका–२ कालिकाचोक बस्ने १७ वर्षीय अनिल गैरेको मृत्यु भएको छ ।
उता नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ कुईया बस्ने ३५ वर्षीय पशुपति चौधरी सोही नगरपालिका पण्डितपुरस्थित पोखरीमा शव डुबेको अवस्थामा शनिबार फेला परेको छ ।
त्यस्तै बाँके जिल्लामा एक जना बेवारिसे पुरुषको शव फेला परेको छ । नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कस्थित नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जको भित्र गाडी पार्किङ गर्ने स्थानको प्रतीक्षालयमा नाम, थर, ठेगाना नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीबाट प्राप्त सूचनामा उल्लेख छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया