

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा डुबेर ४ जनाको मृत्यु


काठमाडौं ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पानीमा डुबेर ४ जनाको मृत्यु भएको छ । रुकुम पश्चिममा दुई जनाको , नवलपरासी पश्चिम र रुपन्देहीमा एक एक जना सहित चार जनाको पानीमा डुबेर मृत्यु भएको हो ।
प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष ) ले सम्प्रेषण गरेको सूचना अनुसार रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ स्थित ठूली दहमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका–१ सल्ले बस्ने २१ वर्षीय भीम बहादुर थापा र १७ वर्षीय प्रेम बहादुर थापाको मृत्यु भएको हो ।
त्यस्तै रुपन्देहीको सैन मैना नगरपालिका–३ पश्चिम गंगानगर घमाह खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका–२ कालिकाचोक बस्ने १७ वर्षीय अनिल गैरेको मृत्यु भएको छ ।
उता नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ कुईया बस्ने ३५ वर्षीय पशुपति चौधरी सोही नगरपालिका पण्डितपुरस्थित पोखरीमा शव डुबेको अवस्थामा शनिबार फेला परेको छ ।
त्यस्तै बाँके जिल्लामा एक जना बेवारिसे पुरुषको शव फेला परेको छ । नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कस्थित नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जको भित्र गाडी पार्किङ गर्ने स्थानको प्रतीक्षालयमा नाम, थर, ठेगाना नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीबाट प्राप्त सूचनामा उल्लेख छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया