

नेप्से आज र भोली बन्द, सेयर कारोबार नहुने



काठमाडौं : सेयर बजार आइतबार र सोमबार बन्द हुने भएको छ । आज आइतबार (भदौ ६ गते) रक्षावन्धन तथा जनै पूर्णिमा परेकाले सरकारले मुलुकभर सार्वजनिक विदा दिएको छ । त्यस्तै, भोली सोमबार (भदौ ७ गते) गाइजात्रा पर्व परेकाले काठमाडौं उपत्यकामा बिदा छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार मंगलबार बिहान ११ बजे खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक १८.२४ अंकले घटेर ३१ सय ८०.७८ बिन्दुमा अडिएको छ । जसमा २० अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया