

घट्यो सुनको भाउ



काठमाण्डाै
हप्ताको पहिलो दिन आज सुनको भाउ १५ सय रुपैयाँले घटेको छ ।
अस्ति शुक्रवार तोलामा ९१ हजार पाँच सय रुपैयाँमा काराेबार भएकाे सुनको भाउ आज १५ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति पनि सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको थियो ।
महासङ्घका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा सुनमा भन्दा शेयर बजारमा आकर्षण बढ्दो छ । सुनमा लगानी घट्दा भाउ पनि घट्न पुगेको विश्लेषण गरिएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँ छ ।
अस्ति चाँदी तोलामा १२ सय ६५ रुपैयाँ थियो।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया