

ए डिभिजन क्लवमा कपिलवस्तुका निशान अनुवन्धित


कपिलवस्तु
कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् ।
लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् ।
जावलाखेल क्वल ले निशानको सानै उमेरमा उत्कृष्ट खेल खेल्ने सफल भएको भन्दै छनौट खेलका लागि प्रश्ताव गरेको बतार्ईको छ । जावलाखेल ए डिभिजन क्लव हो ।
जावलाखेलले २ वर्षका लागि प्रश्ताप ल्याएपछी आफु घर परिवार र खेलका मार्गदर्शकहरु सँग छलफल गरि अनुवन्धित भएको निशानले बताएका छन् । यस संगै कपिलवस्तुबाट ए डिभिजन खेल्ने निशान पहिलो खेलाडी छनौट भएका हुन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया