

साउन १६ बाट पूर्ण लकडाउन : अर्घाखाँची


अर्घाखाँची संवाददाता
अर्घाखाँचीमा साउन १६ गते राति १२ बजेदेखि पुर्ण रुपमा लकडाउन गरिने भएको छ । जिल्ला भित्र कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्ण रुपमा लकडाउन गर्ने निर्णय भएको बताइएको छ ।
दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्ण रुपमा लकडाउन गर्नका लागि जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको बैठकले निर्णय गरेको जिल्ला प्रमुख अधिकारी विष्णु पौडेलले बताएका छन् ।
जिल्लामा अत्यावश्यक बाहेक यातायात, बैंक तथा वित्तिय संस्था लगायत अन्य सबै क्षेत्र पूर्ण रुपमा बन्द हुने निर्णय भएको छ ।
अत्यावश्यकका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म स्वास्थ्यका मापदण्ड पालना गरी मात्र खुल्ने जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको बैठकले निर्णय गरेको छ । जिल्लामा हाल पाँच सय १९ जना संक्रिय संक्रमित रहेका छन् । अर्घाखाँचीमा कोरोनाबाट हालसम्म ७२ जनाको मृत्यु भएको छ ।
साउन १६ गते देखि लागु हुने पुर्ण लकडाउन साउन ३० गते राति १२ बजे सम्म लागु हुनेछ ।



खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया