कपिलवस्तुको बोडगाउँमा गरियो दशजनामा कोरोनाको सेरो प्रिभ्यालेन्स परिक्षण

राजेन्द्र खनाल, कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोरोनाको दोस्रो चरणको सेरो प्रिभ्यालेन्स परिक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक स्वास्थ्यकर्मी सहितको टोलीले परिक्षण गरेको छ । मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी महाशाखाको स्वास्थ्य विज्ञ सहितको टोलीले वडा नम्बर ८ बोडगाउँ स्थित १० जना व्यक्तिहरुको रगत परिक्षणका लागि महाशाखामा लिएर गएको मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाका कुल ९ स्थानमा सो परिक्षण गर्ने क्रममा बाणगंगाको बोडगाउँलाई महाशाखाको टोलीले केन्द्र बनाएको थियो । यस अघि कोरोना पोजेटिभ भएको वा नभएको तथा ति व्यक्तिमा कारोना सँग जुध्न सक्ने रोग प्रतिरोधात्मक क्षमता परिक्षणका लागि रगत संकलन गरिएको हो । नेपालमा कारोनाको अवस्था र त्यसको रोकथामका लागि गरिएका प्रयासमा यो पद्धती पनि एक महत्वपूर्ण माध्यम रहेकाले आगामी दिनमा कोभिड १९ विरुद्ध नयाँ रणनिती बनाउन थप मद्धत पुग्ने महाशाखाको टोलीले बताएको छ ।

सो परिक्षणका लागि बाणगंगा ८ चप्परगाउँ स्थित मोतिपुर स्वाथ्य चौकीले प्राविधक व्यवस्थापन मिलाएको थियो भने स्थानीय जनप्रतिनिधी तथा स्वास्थ्य स्वयमसेवीकाहरुको उपस्थितीमा मंगलबार सो परिक्षण गरिएको हो । यसको रिर्पाेट केही दिनमा आउने बताइएको छ ।

 

प्रतिक्रिया

खबर सबै