

शुक्रबार अर्घाखाँचीमा एक जनामा कोरोना पुष्टि





ई–साझाकुरा, भदौ ५
अर्घाखाँचीमा शुक्रबार थप १ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्लाको शितगंगा नगरपालीकाका एक जनामा कोरोना संक्रमण देखिएकोे हो । उनको अहिले भैरहवामा उपचार भैरहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३३१ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । संक्रमितमध्ये हालसम्म ३२४ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको विभिन्न आईसोलेशनमा उपचार भैरहेको छ ।
कोरोना संक्रमणका कारण शितगंगा नगरपालीका, भुमिकास्थान नगरपालीका र मालारानी गाउँपालीकाका १/१ जना गरी जम्मा ३ जनाको मृत्यु भैसकेको छ । यसैबिच शुक्रबार दिउँसोसम्म १६८ जना व्यक्तिहरु जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनबाट ३ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया