

शुक्रबार अर्घाखाँचीमा एक जनामा कोरोना पुष्टि



ई–साझाकुरा, भदौ ५
अर्घाखाँचीमा शुक्रबार थप १ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्लाको शितगंगा नगरपालीकाका एक जनामा कोरोना संक्रमण देखिएकोे हो । उनको अहिले भैरहवामा उपचार भैरहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३३१ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । संक्रमितमध्ये हालसम्म ३२४ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको विभिन्न आईसोलेशनमा उपचार भैरहेको छ ।
कोरोना संक्रमणका कारण शितगंगा नगरपालीका, भुमिकास्थान नगरपालीका र मालारानी गाउँपालीकाका १/१ जना गरी जम्मा ३ जनाको मृत्यु भैसकेको छ । यसैबिच शुक्रबार दिउँसोसम्म १६८ जना व्यक्तिहरु जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनबाट ३ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया