

जसपा कपिलवस्तुद्धारा निर्वाचन आयोगको निर्णयको स्वागत



कपिलवस्तु ।
निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टी नेपालको आधिकारीकता दावीमा अध्यक्ष उपेन्द्र यावद पक्षलाई आधिकारीकता प्रदान गरेपछि जसपा कपिलवस्तुले आयोगको निर्णयको स्वागत गरेको छ । जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवका अनुसार आयोगले सहि निर्णय गरेको छ ।
उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षका जसपा नेताहरुले निर्वाचन आयोगको आजको निर्णयको स्वागत गरी कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ बगदीमा एक कार्यक्रमका साथ दिप प्रज्वलन समेत गरेका छन् । जिल्ला अध्यक्ष यादवको अगुवाईमा बगदीमा दिप प्रज्वलन गरीएको हो भने नेता कार्यक्रताहरुले एक आपसमा खुसीयाली साटासाट गर्दै मिठाइ समेत खुवाएर पार्टी आधिकारीकताको खुसी मनाएका छन् ।
जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।
५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र यादव पक्षमा रहेको भनी हस्ताक्षर गरेका छन् । त्यस्तै महन्थ ठाकुर पक्षमा १६ र रेशम चौधरी भने तटस्थ बसेका हुन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया