

विषालु सर्पको टोकाइबाट दुई वर्षिय बालिकाको मृत्यु



रिसव आचार्य तुलसीपुर ।
दाङमा विषालु सर्पको टोकाइबाट दुई वर्षिय बालिकाको मृत्यु भएको छ । आइतबार बिहान ७ बजेतिर शान्तिनगर गाउँपालिका ६ निवासी राजेन्द्र चौधरीको २ वर्षिय छोरी आराजी चौधरीलाई आफ्नै घरको आँगनमा खेल्ने क्रममा विषालु सर्पले टोक्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
उनलाई दाँया खुट्टाको कुरकुच्चामा सर्पले टोकी घाइते भई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो । साथै अहिले बालिकाको शवलाई सोही अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया