

विषालु सर्पको टोकाइबाट दुई वर्षिय बालिकाको मृत्यु

रिसव आचार्य तुलसीपुर ।
दाङमा विषालु सर्पको टोकाइबाट दुई वर्षिय बालिकाको मृत्यु भएको छ । आइतबार बिहान ७ बजेतिर शान्तिनगर गाउँपालिका ६ निवासी राजेन्द्र चौधरीको २ वर्षिय छोरी आराजी चौधरीलाई आफ्नै घरको आँगनमा खेल्ने क्रममा विषालु सर्पले टोक्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
उनलाई दाँया खुट्टाको कुरकुच्चामा सर्पले टोकी घाइते भई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो । साथै अहिले बालिकाको शवलाई सोही अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया