

चितवनमा मास्क नलगाउने, पैदल हिँड्ने कारबाहीमा : १८ दिनमा ६ लाख बढी सङ्कलन

ई–साझाकुरा, भदौ ४
चितवनमा निषेधाज्ञाकाे अवधिमा मास्क नलगाउने, पैदल हिँड्ने र साइकलमा हिँड्ने कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले १८ दिनमा जरिबानामा पर्नेहरुबाट ६ लाख ३५ हजार पाँच सय रुपैयाँ सङ्कलन गरेको छ । साउन १८ देखि भदौ ३ गतेसम्म १८ दिनमा चार हजार पाँच सय ४० जना कारबाहीमा परेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिनुभयो ।
त्यस्तै एक सय २० वटा गाडीलाई कारबाही गरी ५१ हजार ६ सय रुपैयाँ सङ्कलन गरिएकाे छ । अति आवश्यक वस्तु बिक्री गर्ने पसललाई तोकिएको समयभन्दा फरक समयमा खोल्ने गरेको पाइएकोले त्यस्ता पसललाई पनि पाँच सय रुपैयाँका दरले जरिबाना गरिएकाे छ । मास्क नलगाइ सार्वजनिक ठाउँमा हिँडडुल गर्ने, गाडीमा दुरी कायम नगर्नेलाई प्रहरीले जरिबाना गर्दै आएको छ ।
जिल्ला प्रहरीको मातहतमा ७२ वटा प्रहरीको युनिटमार्फत् जिल्लाका विभिन्न क्षेत्रमा जाँच भइरहेको थापाले जानकारी दिनुभयो । सात वटा पालिका रहेको चितवनमा माडी नगरपालिका बाहेक ६ वटा पालिकामा निषेधाज्ञा लगाइएको छ ।
सार्वजनिक क्षेत्रमा मास्क नलगाइ हिँड्नेलाई सय रुपैयाँ, निषेधाज्ञाको समयमा काम नै नपरि हिँड्नेलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिबाना तिराइने गरिएको प्रवक्ता थापाले बताउनुभयो । मर्निङ तथा इभिनिङ वाकको लागि भन्दै पैदल निस्कनेहरु र साइक्लिङ गर्नेहरु बढी देखिएकोले त्यस्ता व्यक्तिहरुलाई पनि प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिबाना तिराइएकाे छ ।


खबर सबै
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य










प्रतिक्रिया