

चितवनमा मास्क नलगाउने, पैदल हिँड्ने कारबाहीमा : १८ दिनमा ६ लाख बढी सङ्कलन



ई–साझाकुरा, भदौ ४
चितवनमा निषेधाज्ञाकाे अवधिमा मास्क नलगाउने, पैदल हिँड्ने र साइकलमा हिँड्ने कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले १८ दिनमा जरिबानामा पर्नेहरुबाट ६ लाख ३५ हजार पाँच सय रुपैयाँ सङ्कलन गरेको छ । साउन १८ देखि भदौ ३ गतेसम्म १८ दिनमा चार हजार पाँच सय ४० जना कारबाहीमा परेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिनुभयो ।
त्यस्तै एक सय २० वटा गाडीलाई कारबाही गरी ५१ हजार ६ सय रुपैयाँ सङ्कलन गरिएकाे छ । अति आवश्यक वस्तु बिक्री गर्ने पसललाई तोकिएको समयभन्दा फरक समयमा खोल्ने गरेको पाइएकोले त्यस्ता पसललाई पनि पाँच सय रुपैयाँका दरले जरिबाना गरिएकाे छ । मास्क नलगाइ सार्वजनिक ठाउँमा हिँडडुल गर्ने, गाडीमा दुरी कायम नगर्नेलाई प्रहरीले जरिबाना गर्दै आएको छ ।
जिल्ला प्रहरीको मातहतमा ७२ वटा प्रहरीको युनिटमार्फत् जिल्लाका विभिन्न क्षेत्रमा जाँच भइरहेको थापाले जानकारी दिनुभयो । सात वटा पालिका रहेको चितवनमा माडी नगरपालिका बाहेक ६ वटा पालिकामा निषेधाज्ञा लगाइएको छ ।
सार्वजनिक क्षेत्रमा मास्क नलगाइ हिँड्नेलाई सय रुपैयाँ, निषेधाज्ञाको समयमा काम नै नपरि हिँड्नेलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिबाना तिराइने गरिएको प्रवक्ता थापाले बताउनुभयो । मर्निङ तथा इभिनिङ वाकको लागि भन्दै पैदल निस्कनेहरु र साइक्लिङ गर्नेहरु बढी देखिएकोले त्यस्ता व्यक्तिहरुलाई पनि प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिबाना तिराइएकाे छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया