कोपा अमेरिका : दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दै

काठमाण्डाै – कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् । खेल बिहान पौने ७ बजेदेखि सुरु हुनेछ ।

अर्जेन्टिना र कोलम्बियाबीचको विजेताले फाइनलमा ब्राजिलसँग खेल्नेछ । आयोजक ब्राजिलले पेरुलाई १-० ले हराएर फाइनलमा प्रवेश गरिसकेको छ ।

अर्जेन्टिनाले क्वार्टर फाइनलमा इक्वेडरलाई ३-० गाेलले हराएको थियो । कोलम्बियाले क्वार्टर फाइनलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हराएको थियो ।

प्रतिक्रिया

खबर सबै