अब त चेतौं-कोही खाल्टो खनिरहने, कोही पुरिरहने ? : डा. बाबुराम

काठमाडौं

मुलुकमा कोभिड १९ ले मुलुक आक्रान्त छ । मुलुकको अर्थतन्त्र ठप्प छ । अन्य देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड– १९ खोप जुटाउन व्यस्त छन् ।

पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय समाजबादी दलका नेता डा.बाबुराम भट्टराईले टिप्पणी गरेका छन्, ‘हामी चाँही कोही खाल्टो खनिरहने अरू पुरिरहने खेलमै समय र शक्ति खर्चने भयौं।

डा. भट्टराईले आफ्नो सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै भनेका छन् ‘ अब त चेतौं, छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनर्स्थापना गरौं ।

संविधान र लोकतन्त्र ट्र्याकमा ल्याऊॅ ! मुलुकलाई समृद्धि र विकासका लागि अदालत, दल, नागरिकले आआफ्नो धर्म निभाउन आग्रह समेत गरेका छन्  । हिजो मंगलबार मात्रै सर्वोच्च अदालतले २० जना मन्त्रीहरुको पद बर्खास्ती गरेको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनपछि  गरेको मन्त्रीपरिषद् विस्तारलाई सर्वोच्चले मान्यता दिएन ।

प्रतिक्रिया

खबर सबै