

क्रिकेट टोलीको नयाँ जर्सीका लागि ५०० भन्दा बढी डिजाइन प्राप्त



काठमाडौं
नेपाल क्रिकेट संघ (क्यान) र नेपाली क्रिकेट टोलीको मुख्य प्रयोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइनका लागि आह्वान गरेको खुल्ला प्रतिस्पर्धाबाट ५०० भन्दा बढी डिजाइन प्राप्त भएको छ ।
क्यानले एक साताअघि खुल्ला गरेको प्रतिस्पर्धामा ५०० भन्दा बढीले सहभागिता जनाएका छन् । क्यानले ५०० भन्दा बढी जर्सी डिजाइनहरु प्राप्त भएको जनाकारी दिएको हो ।
क्यान र एमएसटीले यसअघि राष्ट्रिय टिमले प्रयोग गरेको जर्सीमा निकै आलोचना खेप्नु परेपछि नयाँ जर्सी डिजाइनका लागि खुल्ला सहभागिता आह्वान गरेका थिए ।
राष्ट्रिय टिमका लागि आइसिसी र एसिसीको नियम भित्र रहेर जर्सीको डिजाइन गर्नुपर्ने बताइएको थियो । क्यानले डिजाइन पठाउने अन्तिम मिति असार ४ गतेलाई तोकेको थियो ।
क्यानले प्राप्त डिजाइनबाट सर्ट लिस्ट तयार पार्न ४ सदस्यीय छनोट समिति बनाएको छ । समितिमा क्यानका क्रिकेट म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल, केन्द्रीय सदस्य छुम्बी लामा र मुख्य प्रायोजकका एक प्रतिनिधि रहेका छन् ।
छनोट समितीले प्राप्त डिजाइनबाट सर्ट लिस्ट तयार पार्दै क्यानलाई बुझाउने छ । त्यसपछि क्यान बोर्ड बैठकले एक उत्कृष्ट डिजाइनलाई छनोट गर्नेछ । उत्कृष्ट डिजाइन बनाउनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
उत्कृष्ट हुने जर्सी नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी महिनामा हुने आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिवियाको त्रिकोणात्मक सिरिजमा प्रयोग गर्नेछ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया