

नेपाल एसिया कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्नुनपर्ने



काठमाडौं
नेपालले सन् २०२३ मा चीनमा हुने एसिया कप फुटबल प्रतियोगितामा छनोटका लागि प्लेअफ खेल्न नपर्ने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) को नयाँ नियम अनुसार नेपालले अब एसिया कप छनोटको तेस्रो चरणको खेल खेल्नेछ ।
विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट खेल सकिएपछि एएफसीले बुधबार एसिया कप छनोटको तेस्रो चरणको खेल खेल्ने टिमको नाम सार्वजनिक गरेको छ ।
एसियाली क्षेत्रको छनोट खेलेका ८ समूहका शीर्ष ८ टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट चार टिमसंगै आयोजक चीन सिधै एसिया कपका लागि छनोट भएका छन् ।
त्यसबाहेक छनोट खेलमा दोस्रो हुने ३ टिम, तेस्रो हुने र चौथो हुने ८-८ टिम अनि पाँचौ हुनेध्ये उत्कृष्ट ३ टिम गरी २२ टिमले एसिया कपको तेस्रो चरणको छनोट खेल खेल्नेछन् । यसअघि चौथो हुने ८ मध्ये उत्कृष्ट ४ टिममात्रै तेस्रो चरणमा छनोट हुने र बाँकीले प्लेअफ खेल्ने एएफसीको नियम थियो ।
एसिया कप छनोटका लागि कुल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । अब दोस्रो चरणको छनोटमा अन्तिम हुने ४ टिमले प्लेअफ खेल्नेछन् र त्यसबाट शीर्ष दुई टिम तेस्रो चरणको छनोटमा पुग्नेछन् ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया