
राताम्मे शेयर बजार, १७ कम्पनीको मूल्य नौ प्रतिशतभन्दा धेरैले घट्यो

काठमाण्डाै
शेयर बजार परिसूचक नेप्से बुधवार (आज) ५२ अङ्कभन्दा धेरैले ओरालो लागेको छ । माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से ५२ दशमलव ४१ अङ्कले घटेर दुई हजार नौ सय ६९ दशमलव ७२ विन्दुमा झरेको छ ।
नेपाल धितोपत्र बोर्डले अस्वाभाविक रूपमा शेयरको भाउ बढेको भन्दै मङ्गलवार ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेपछि त्यसको असर समग्र बजारमा देखिएको छ । आज बैंकिङ समूहको शेयर झन्डै साढे नौ अङ्कले, व्यापारको एक सय तीन अङ्कले, होटलको दुई सय दुई अङ्कले, विकास बैंकको एक सय ९४ अङ्कले र जलविद्युत् समूहको शेयर एक सय ४९ अङ्कले घटेको छ ।
यस्तै फाइनान्स समूहको शेयर एक सय ७२ अङ्कले, जीवन बीमा समूहको चार सय पाँच अङ्कले, निर्जीवन बीमा समूहको चार सय तीन, उत्पादन समूहको दुई सय चार, अन्यको ७०, म्युचल फन्डकाे १५ र लगानी समूहको शेयर एक सय १० अङ्कले घटेको छ ।
समग्र बजार घटेसँगै आज कारोबार रकममा पनि कमी आएको छ । दुई सय १९ कम्पनीका दुई करोड ८२ लाख कित्ता शेयर १५ अर्ब ४८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको झन्डै ६१ अर्ब रुपैयाँको कारोबार भएको छ ।
आज १७ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि सीईडीबी हाइड्रो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया