

प्लाज्मा थेरापीबाट कोरोनाको उपचार ,वि पी मा पनि सुरु


ई–साझाकुरा, भदौ २
वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले कोरोना संक्रमितहरुको प्लाज्मा थेरापीबाट उपचार सुरू गरेको छ।प्रतिष्ठानमा उपचारत एक कोरोना संक्रमितको प्लाज्मा थेरापी प्रकृयाबाट उपचार सुरु गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्लाज्मा थेरापीको लागि मोरङ सुन्दरहरैचाका कोरोना निको भएका एक युवकले रक्तदान गरेपछि प्लाज्मा थेरापी सुरू गरिएको प्रतिष्ठानको मेडिसिन विभाग प्रमुख प्रा. डा संजिव शर्माले जानकारी दिए। रक्तदान गर्ने युवामा जेठको तेस्रो सातमा कोरोना देखिएपछि उनले गोठगाँउ स्थित पुर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पतालमा उपचार भएको थियो।
सोमबार सामाजिक संजालमा कोरोना सन्चो भएका बी पोजेटिभ ग्रुपका ब्यक्तिलाइ रक्तदान गर्न आव्हान गरिएको सूचना देखेपछि ती युवा नेपाल रेडक्रस सुनसरी मार्फत धरान पुगेका थिए।
प्लाज्मा थेरापीमा, कोरोना निको भएका विरामीको प्लाज्माबाट एन्टीबडी कोषलाई झिकेर संक्रमितको शरिरमा राखिन्छ। यसरी एन्टीबडी शरिरमा राख्दा शरिरले कोराना भाइरसलाई मार्ने भएकोले संक्रमितको शरिरमा एन्टीबडी राखेर उपचार गरिन्छ।
नेपालमा केहीदिन पहिले मात्र शिक्षण अस्पताल महाराजगँजमा यो विधिबाट उपचार सुरू भएको थियो। विराट अस्पतालका डाक्टर ज्ञानेन्द्रमान कार्कीको सफल उपचार पछि सरकारले देशका १२ स्थानमा प्लाज्मा थेरापीबाट उपचार गर्न अनुमति दिएको छ।
प्लाज्मा थेरापी विधिबाट गम्भिर अवस्थामा पुगेका कोराना संक्रमितहरुको शरिरमा पनि एन्टीबडी तयार भइ त्यसले विरामीको रोगसँग लडने प्रतिरोधी क्षमता बढाउने भएकोले कोरोना निको भएका व्यक्तिहरूको रगत उपयोगी हुने प्रतिष्ठानका मेडिसिन बिभाग प्रमुख डाक्टर शर्माले बताए।
प्लाज्मा थेरापीको लागि सरकारले गठन गरेको केन्द्रीय समितिका सदस्य समेत रहेका डाक्टर शर्माले कोरोना सन्चो भएका व्यक्तिलाई रक्तदान गर्न समेत आग्रह गरेका छन।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया