

जोर्डनविरुद्ध नेपालको भिडन्त आज हुँदै



फिफा विश्वकप (२०२२ तथा एसियन कप(२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज जोर्डनसँग भिड्दै छ। कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग राति ९स्४५ बजे खेल्दै छ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले जितसहितको लक्ष्य रहेको बताइसकेका छन्। ुहाम्रो लक्ष्य एसियन कप छनोट हुनु हो। यसका लागि जोर्डनविरुद्ध जित आवश्यक छ,ु उनले भने।
यसअघि चाइनिज ताइपेलाई २(० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने छ। छनोटको समूह ुबीुमा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ। नेपाल तालिकाको चौंथो स्थानमा छ। जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा छ। नेपालले जोर्डनविरुद्ध हालसम्म तीन खेल खेलेको छ। जसमध्ये नेपालले जोर्डनविरुद्ध दुई खेल गुमाएको छ। एक खेल भने बराबरी खेलेको छ।
नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग खेलेको थियो। जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९(० ले पराजित भएको थियो। त्यसको केही दिनमै घरेलु मैदानमा नेपालले जोर्डनलाई १(१ गोलको बराबरीमा रोकेको थियो।
दशरथ रंगशालामा नेपालका लागि भरत खवासले गोल गरेपछि नेपालले बराबरी खेलेको थियो। जोर्डनका अल मुर्जनले गोल गरेका थिए।
पछिल्लो खेलमा भने नेपाल ३(० ले पराजित भएको थियो।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया