

बाणगंगाको मोतिपुर स्वास्थ्य चौकीमा सुरु भयो कोरोनाको एन्टिजेन परिक्षण





कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित मोतिपुर स्वास्थ्य चौकीले बुधबार देखि कोरोनाको एन्टिजेन परिक्षण सुरु गरेको छ । पहिलो दिन स्वास्थ्य चौकी मार्फत ३२ जनाको एन्टिजेन परिक्षण गरिएको स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभयो ।
बाणगंगा नगरपालिकाको प्राविधिक सहयोग तथा स्वास्थ्य चौकी मोतिपुरको आयोजनामा वडा नम्बर ८ का समुदाय स्तरमा पहिलो पटक एन्टिजेन परिक्षण गरिएको हो । आज गरिएका ३८ जनाको परिक्षण मध्ये ६ जनाको रिर्पाेट पोजेटिभ देखिएको छ भने अन्यको रिर्पोट नेगेटिभ आएको छ । कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधि भुषालले वडा स्तरका नागरिकहरुको कोरोना रिर्पाेट पोजेटिभ आए पनि निर्धक्क भई स्वास्थ्यका सबै मापदण्ड पालना गर्दै आइसोलेसन भएर बस्न आग्रह गर्नुभएको छ । यस्तै जटिल स्थिति भए स्वास्थ्य चौकी मार्फत स्वास्थ्य परामर्श लिन पनि आग्रह गर्नुभयो ।
यस्तै स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले पहिलेको तुलनामा कोरोना संक्रमणको दरमा कमी आएको जानकारी दिनुभएको छ । उहाँले नगरपालिका र वडाको माध्यमबाट स्वास्थ्य चौकीमै एन्टिजेन परिक्षण गर्ने कार्यले अब समुदाय स्तरका शंकास्पद नागरिकहरुको कोरोना रिर्पाेट लिन सकिने बताउनुभयो । यस्तै उहाँले कारोना विरुद्ध सचेतना जगाउँने गरी अडियो सन्देश पनि गाउँगाउँमा प्रसारण गरिएको भन्दै जोखिम नियन्त्रणका लागि सबै प्रयाश जारी राखिएको जानकारी दिनुभयो ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया