

सीपीएल आजबाट सुरु हुँदै, सन्दीप सम्मिलित जमैकाको खेल भोलि



ई–साझाकुरा, भदौ २
कोरोना महामारीपछि पहिलो टी–२० फ्रेन्चाइज लिग क्रिकेटको रुपमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) हुँदैछ । आजदेखि सुरु हुने आठौं संस्करणको सीपीएल यसअघि भन्दा फरक रहनेछ ।
टी–२० क्रिकेटका किङ मानिने क्रिस गेल यस पटक सीपीएलमा हुने छैनन् । कोरोना महामारीले गर्दा खेल बन्द रंगशालामा हुनेछ । अर्थात् खेल हेर्न कुनै दर्शक उपस्थित हुने छैनन् । यसै सिजनका लागि जमैकाबाट सेन्ट जोउक्समा अनुबन्धित भएका गेलले परिवारलाई समय दिन भन्दै सीपीएलबाट नाम फिर्ता लिएका हुन् ।
६ टिमले प्रतिस्पर्धा गर्ने सीपीएल अगष्ट १८ देखि सेप्टेम्बर १० सम्ममा ट्रिनिडाड एण्ड टोबागोमा सञ्चालन हुनेछ । कोरोना महामारीलाई मध्यनजर गर्दै यस सिजन एकै देशमा मात्र खेल हुने लागेको हो । खेलहरु ब्रायन लारा क्रिकेट एकेडेमी र क्वीन्स पार्क ओभल गरी दुई मैदानमा मात्र हुनेछ । २३ दिनसम्म चल्ने लिगमा कूल ३३ खेल हुनेछ ।
लिग चरणका ३० खेलपछि शीर्ष चार स्थानमा रहने टोलीहरुबीच सेमिफाइनल खेल हुनेछ र सेमिफाइनलका विजेताबीच फाइनल खेल हुनेछ ।
यस सिजनको उदघाटन खेलमा ट्रिनबागो नाइट राइडर्सले गुएना अमेजन वारियर्सविरुद्ध खेल्नेछ । खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे सुरु हुनेछ ।
यस्तै अर्को खेल साविक विजेता बार्बेडोस् ट्राइडेन्ट्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सबीच बुधबार बिहान नेपाली समयअनुसार सवा ३ बजे शुरु हुनेछ ।
लगातार तेस्रो पटक खेल्दै सन्दीप लामिछाने
नेपाली राष्ट्रिय टिमका सदस्य तथा युवा लेग स्पिनर सन्दीप लामिछाने भने लगातार तेस्रो पटक सीपीएल खेल्दैछन् । उनी यस सिजन जमैका तल्वाहाजबाट खेल्दैछन् । यसअघि उनले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बेडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । यस पटक सन्दीप एक करोडभन्दा बढी रकममा जमैकामा अनुबन्धित भएका हुन् ।
जमैकन टिममा अलराउण्डर आन्द्रे रसेल, कार्लोस ब्रेथवेइट, मुजिव उर रहमान जस्ता खेलाडीहरु छन् ।
सन्दीप सम्मिलित जमैकाले आफ्नो पहिलो खेल बुधबार सेन्ट जोउक्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया