

सीपीएल आजबाट सुरु हुँदै, सन्दीप सम्मिलित जमैकाको खेल भोलि


ई–साझाकुरा, भदौ २
कोरोना महामारीपछि पहिलो टी–२० फ्रेन्चाइज लिग क्रिकेटको रुपमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) हुँदैछ । आजदेखि सुरु हुने आठौं संस्करणको सीपीएल यसअघि भन्दा फरक रहनेछ ।
टी–२० क्रिकेटका किङ मानिने क्रिस गेल यस पटक सीपीएलमा हुने छैनन् । कोरोना महामारीले गर्दा खेल बन्द रंगशालामा हुनेछ । अर्थात् खेल हेर्न कुनै दर्शक उपस्थित हुने छैनन् । यसै सिजनका लागि जमैकाबाट सेन्ट जोउक्समा अनुबन्धित भएका गेलले परिवारलाई समय दिन भन्दै सीपीएलबाट नाम फिर्ता लिएका हुन् ।
६ टिमले प्रतिस्पर्धा गर्ने सीपीएल अगष्ट १८ देखि सेप्टेम्बर १० सम्ममा ट्रिनिडाड एण्ड टोबागोमा सञ्चालन हुनेछ । कोरोना महामारीलाई मध्यनजर गर्दै यस सिजन एकै देशमा मात्र खेल हुने लागेको हो । खेलहरु ब्रायन लारा क्रिकेट एकेडेमी र क्वीन्स पार्क ओभल गरी दुई मैदानमा मात्र हुनेछ । २३ दिनसम्म चल्ने लिगमा कूल ३३ खेल हुनेछ ।
लिग चरणका ३० खेलपछि शीर्ष चार स्थानमा रहने टोलीहरुबीच सेमिफाइनल खेल हुनेछ र सेमिफाइनलका विजेताबीच फाइनल खेल हुनेछ ।
यस सिजनको उदघाटन खेलमा ट्रिनबागो नाइट राइडर्सले गुएना अमेजन वारियर्सविरुद्ध खेल्नेछ । खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे सुरु हुनेछ ।
यस्तै अर्को खेल साविक विजेता बार्बेडोस् ट्राइडेन्ट्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सबीच बुधबार बिहान नेपाली समयअनुसार सवा ३ बजे शुरु हुनेछ ।
लगातार तेस्रो पटक खेल्दै सन्दीप लामिछाने
नेपाली राष्ट्रिय टिमका सदस्य तथा युवा लेग स्पिनर सन्दीप लामिछाने भने लगातार तेस्रो पटक सीपीएल खेल्दैछन् । उनी यस सिजन जमैका तल्वाहाजबाट खेल्दैछन् । यसअघि उनले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बेडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । यस पटक सन्दीप एक करोडभन्दा बढी रकममा जमैकामा अनुबन्धित भएका हुन् ।
जमैकन टिममा अलराउण्डर आन्द्रे रसेल, कार्लोस ब्रेथवेइट, मुजिव उर रहमान जस्ता खेलाडीहरु छन् ।
सन्दीप सम्मिलित जमैकाले आफ्नो पहिलो खेल बुधबार सेन्ट जोउक्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।


खबर सबै
-
रवि लामिछानेको मुद्दाको सुनुवाई आज पनि हेर्दा हेर्दैमा
-
स्वास्थ्य बिमा बोर्डको टिकटक–फेसबुक रिल्स प्रतियोगिता : ५० हजार पुरस्कार
-
समानुपातिक सांसदलाई आयोगले चैत ५ मा प्रमाणपत्र दिने
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
कपिलवस्तुमा छुट्टाछुट्टै तीन स्थानमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु
-
गगनलाई राजीनामा नदिन कांग्रेसका केन्द्रीय सदस्यहरूकाे आग्रह
-
रास्वपाको सचिवालय बैठक स्थगित, आइतबार बस्ने










प्रतिक्रिया