

बेलायत : फेरि कोरोना भाइरसको सङ्क्रमण झण्डै दुई तिहाइले बढ्यो


काठमाण्डाै
बेलायतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढेको छ । त्यहाँको अफिस फर नेशनल स्टाट्टिक्स् ओएनएसले अहिले सङ्क्रमितको संख्या झण्डै दुई तिहाइले बढेको जनाएको छ । गएको मे महिनाको अन्त्यतिर झण्डै एक लाख जनामा सङ्क्रमण पाइएको छ । यसअघिको हप्तामा ६० हजारभन्दा धेरैलाई सङ्क्रमण भएको पुष्टि भएको थियो ।
ओएनएसका अनुसार हिजो बेलायतमा ६ हजार २ सय ७८ नयाँ बिरामी देखिएको छ । यसमध्ये ९ सय ५४ जना अस्पतालमा भर्ना भएका थिए भने ११ जनाको ज्यान गएको थियो । बेलायतमा कोरोनाको डेल्टा भेरियन्टका कारण सङ्क्रमण फैलिरहेको पाइएको छ ।
स्वास्थ्य अधिकारीले डेल्टा भेरियन्टको परीक्षण बढाए अझ बिरामीको सङ्ख्या धेरै निस्कने बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले बेलायतमा भेटिएको नयाँ भेरियन्टलाई अल्फा, भारतमा सबैभन्दा पहिला भेटिएकोलाई किप्पा र पछि भेटिएकोलाई डेल्टा तथा दक्षिण अफ्रिकामा भेटिएकोलाई बीटा नाम दिएको छ । बेलायतमा अहिलेसम्म ४५ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने एक लाख २७ हजार ८ सय २३ जनाको ज्यान गएको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया