फ्रान्सको समुद्री किनारमा मृत भेटिएको ह्वेल डोजरमा हालेर पोष्टमार्टम गर्न लगियो

फ्रान्सको समुद्री किनारमा एउटा हम्पब्याक ह्वेल मृत फेला परेको छ। दक्षिणी फ्रान्सको भूमध्यसागरको समुद्री किनारमा बुधबार ह्वेल मृत फेला परेको हो।

विज्ञहरूले यो प्रजातिको ह्वेल उक्त ठाउँमा मृत भेटिनुलाई ‘निकै दुर्लभ घटना’ भनेका छन्।

‘हामी त्यहाँ पुग्दा ह्वेल मरिसकेको थियो,’ ग्राउ-डु-रोइ एक्वेरियमका केयरटेकर इलोडिइ सिनले भनिन्,’ मैले अहिलेसम्म यस्तो भएको देखेको छैन, भूमध्य सागरमा पहिलो पटक यो ह्वेल भेटिएको हो।’

ला ग्रान्डे-मोत्ते शहरनजिकको कार्नोनस्थित समुद्री किनारामा ह्वेल फेला थियो। उक्त ह्वेल सात मिटर लामो छ।

अधिकारीहरूले ह्वेललाई डोजरमा राखेर किनारबाट पोष्टमार्टमका लागि लिएर गएका छन्।

ह्वेल के कारणले मर्‍यो भन्ने थाहा पाउन पोष्टमार्टम गर्न लागिएको हो। हम्पब्याक ह्वेल भूमध्यसागरमा हुँदैन। त्यहाँ फिन प्रजातिको ह्वेल धेरै हुने एएफपीले जनाएको छ।

Humpback whales are not usually found in the Mediterranean Sea where fin whales are more commonThe what was evacuated from the beach and was to undergo an autopsy

प्रतिक्रिया

खबर सबै