

फ्रान्सको समुद्री किनारमा मृत भेटिएको ह्वेल डोजरमा हालेर पोष्टमार्टम गर्न लगियो


फ्रान्सको समुद्री किनारमा एउटा हम्पब्याक ह्वेल मृत फेला परेको छ। दक्षिणी फ्रान्सको भूमध्यसागरको समुद्री किनारमा बुधबार ह्वेल मृत फेला परेको हो।
विज्ञहरूले यो प्रजातिको ह्वेल उक्त ठाउँमा मृत भेटिनुलाई ‘निकै दुर्लभ घटना’ भनेका छन्।
‘हामी त्यहाँ पुग्दा ह्वेल मरिसकेको थियो,’ ग्राउ-डु-रोइ एक्वेरियमका केयरटेकर इलोडिइ सिनले भनिन्,’ मैले अहिलेसम्म यस्तो भएको देखेको छैन, भूमध्य सागरमा पहिलो पटक यो ह्वेल भेटिएको हो।’
ला ग्रान्डे-मोत्ते शहरनजिकको कार्नोनस्थित समुद्री किनारामा ह्वेल फेला थियो। उक्त ह्वेल सात मिटर लामो छ।
अधिकारीहरूले ह्वेललाई डोजरमा राखेर किनारबाट पोष्टमार्टमका लागि लिएर गएका छन्।
ह्वेल के कारणले मर्यो भन्ने थाहा पाउन पोष्टमार्टम गर्न लागिएको हो। हम्पब्याक ह्वेल भूमध्यसागरमा हुँदैन। त्यहाँ फिन प्रजातिको ह्वेल धेरै हुने एएफपीले जनाएको छ।




खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया