

रुपन्देहीस्थित नेपाल आयल निगमका १० कर्मचारीमा कोरोना



ई–साझाकुरा, साउन ३२
रुपन्देहीस्थित नेपाल आयल निगमका विभिन्न कार्यालयमा कार्यरत १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । निगमको भलबारीस्थित प्रादेशिक डिपोका ३, निगमकै भैरहवास्थित पेट्रोल पम्पका ३ र गौतमबुद्ध विमानस्थलस्थित हवाई इन्धन डिपोका ४ जनामा कोरोना संक्रमण पुष्टि हो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भलवारी डिपोका ४० जना, भैरहवा पम्पका २२ जना र विमानस्थल डिपोका १६ जना गरी ७८ जनाको स्वाब परीक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए ।
डिपोका कर्मचारीमा कोरोना देखिएपछि विमानस्थलको हवाई इन्धन डिपो शुक्रबारबाट नै शिल गरिएको तथा भैरहवाको पेट्रोल पम्प र भलबारी डिपोबाट पनि आइतबारदेखि काम बन्द भएको प्रादेशिक डिपो कार्यालय भलबारीका प्रमुख इन्जिनियर सुरज शाहले बताए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया