

रुपन्देहीस्थित नेपाल आयल निगमका १० कर्मचारीमा कोरोना


ई–साझाकुरा, साउन ३२
रुपन्देहीस्थित नेपाल आयल निगमका विभिन्न कार्यालयमा कार्यरत १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । निगमको भलबारीस्थित प्रादेशिक डिपोका ३, निगमकै भैरहवास्थित पेट्रोल पम्पका ३ र गौतमबुद्ध विमानस्थलस्थित हवाई इन्धन डिपोका ४ जनामा कोरोना संक्रमण पुष्टि हो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भलवारी डिपोका ४० जना, भैरहवा पम्पका २२ जना र विमानस्थल डिपोका १६ जना गरी ७८ जनाको स्वाब परीक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए ।
डिपोका कर्मचारीमा कोरोना देखिएपछि विमानस्थलको हवाई इन्धन डिपो शुक्रबारबाट नै शिल गरिएको तथा भैरहवाको पेट्रोल पम्प र भलबारी डिपोबाट पनि आइतबारदेखि काम बन्द भएको प्रादेशिक डिपो कार्यालय भलबारीका प्रमुख इन्जिनियर सुरज शाहले बताए ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया