

नेपाललाई आगामी साता स्वास्थ्य सामग्री पठाउँछौं : डब्ल्यूएचओ





काठमाडौं
कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण बढिरहेको कारण अहिले समस्यामा रहेका दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
अबको केही सातामा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले बताएको छ ।
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले भनिन्, ‘हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरु अहिले पाइएको सहयोगका मुख्य सामग्री हुन् । ती सामग्रीहरु विभिन्न मुलुकहरु र सबैभन्दा धेरै आवश्यकता भएको क्षेत्रमा पठाइएको छ ।’
पछिल्लो साता कोरोनाबाट समस्यामा परेको भारतमा पठाइएको स्वास्थ्य सामग्रीहरु मुलुकका विभिन्न २६ राज्यमा पुगेका छन् । गत साता चार हजार अक्सिजन कन्सन्ट्रेटर, १२० टेन्ट, चारसय मेडिकल बेड, १२ लाख रेस्पिरेटर मास्क र ६ लाख ५० हजार स्याम्पिलिङ किट्स भारत पठाइएको थियो ।
अहिले डब्ल्यूएचओले बंगलादेशमा ६० मेट्रिक टनको स्वास्थ्य सामग्रीहरु पठाएको छ ।


खबर सबै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?











प्रतिक्रिया