बाणगंगा नगरपालिका भित्रका बैँक तथा वितित्य संस्था हप्ताको दुई दिन खुल्ने

कपिलवस्तु जिल्ला स्थित बाणगंगा नगरपालिकाले नगरभित्रका बैङ्क तथा वित्तिय संस्थाहरुलाई हप्ताको २ दिन मात्र सेवा दिने निर्णय गरेको छ ।

कोरोना संक्रमणको चेन ब्रेक गर्न बिभिन्न काम गरिरहेको नगरले बैङ्क तथा वित्तिय संस्थाहरुमा हुने भीँडभाडले संक्रमणको जोखिम बढ्ने भन्दै एक सूचना जारी गर्दै हप्तामा २ दिन मात्र सेवा दिने निर्णय गरेको हो ।अब बैङ्क वित्तिय संस्थाहरु आईतवार र बुधबार मात्र संचालन हुने छन् ।

नगर प्रमुख मंगल प्रसाद थारुले यो नगरको निर्णयलाई भोलिबाटै कार्यान्वयन गर्न आग्रह गर्नु भएको छ । पूर्ण रुपमा बैङ्कहरु बन्द हँुदा सर्वसाधारणलाई थप समस्या हुने भन्दै यस्तो निर्णय गरिएको नगरप्रमुख थारुले बताउनु भयो । अहिले बैङ्कहरुले विहान १० बजेदेखि २ बजेसम्म सेवा दिँदै आएका थिए ।
यस अघि नगरले बैँकहरु वैशाख मसान्त सम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

खबर सबै