कपिलवस्तुको वाणगंगामा आयोजित रक्तदान कार्यक्रम, ५१ जनाले दिए रगत

नवराज बेल्वासे

कोरोना महामारीमा कसैलाई पनि रगत अभाव नहोस् भनि आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ पोइन्ट रगत संकलन भएको छ । कपिलवस्तु भित्र सक्रिय रुपमा रहेका तिन संस्थाहरु लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ वाणगंगा र कपिलवस्तु जेसिसको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।

रगत अभावले कसैको ज्यान नजाओस् तथा कोरोना महामारीमा कोहि पनि अप्ठायारोमा नपरोस भनि विभिन्न काम गदै आएका यि तिन संस्थाहरुले अहिले ओक्सिजन बैँक सञ्चालन समेत गरेका छन् ।

रेडक्रस बुटवलका प्रविधिक प्रमुख वारिस अलि तथा टिमको प्रविधिक सहयोग रहेको कार्यक्रममा कपिलवस्तुका सामाजिक संस्थाहरु चेतनशिल प्रतिष्ठान कपिलवस्तु, नव प्रभात युवा क्लव ठाकुरापुर, सिद्धीपुर युथ क्लवको समेत सहभागिता रहेको थियो ।

सामाजिक दुरी कायम गर्दै स्वास्थ्यका सबै मापदण्ड पालना गरेको कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सामाजिक, बौद्धिक, शैक्षिक, युवावर्गको उल्लेखनिय उपस्थिती रहेको थियो ।

जेसिस भवनमा आयोजना गरेको कार्यक्रममा कोरोना महामारीमा पनि उत्साहजनक सहभागिता एवम् सफलता पुर्वक सम्पन्न भएकामा सम्पुर्ण सहभागिता जनाएकालाइृ लायन्स क्लव अफ वाणगंगाका संयोजक रमेश चन्द्र भुसालले आभार तथा धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

खबर सबै