

के जाडोमा कोरोना थप फैलन्छ ?


शनिबार, साउन ३१, २०७७
धरतीको एउटा ठूलो हिस्सामा जाडो बढ्न थालेको छ, यो समय मानिसलाई रुघाखोकी बढी लाग्ने गर्छ। यो पटकको जाडो यामलाई लिएर वैज्ञानिकहरू चिन्तामा छन्। किनकि, जाडोमा कोरोना थप फैलन सक्छ, अर्थात् कोरोनाको दोस्रो तरंग आउन सक्छ।

चिसो मौसमसँगै बदलिने वातावरणले कोरोना भाइरस थप बलियो बनेर फैलन सक्ने खतरा रहेको उनीहरू बताउँछन्। कोरोनाको दोस्रो तरंग (सेकेन्ड वेभ) अझै ज्यानमारा हुन सक्ने वैज्ञानिकहरू आशंका गर्छन्। तथापि, यो अनुमान नमिल्न पनि सक्छ। कोरोना भाइरस यदि उसको परिवारको अन्य भाइरसजस्तै गरी जाडोमा फैलन गयो भने यसले थप दुःख दिन सक्ने छ।
यस्तो दाबी कोलम्बिया युनिभर्सिटीको इन्भाइरनमेन्टल हेल्थ साइन्सेज डिपार्टमेन्टकी असिस्टेन्ट प्रोफेसर मिकेला मार्टिनेजले गरेकी हुन्। उनी मौसम परिवर्तनसँगै आउने भाइरसको स्वरूपबारे वैज्ञानिक अध्ययन गरिरहेकी छन्। उनका अनुसार संक्रामक रोगको ग्राफमा यो वर्ष निकै उतारचढाव आउने छ।
‘‘मानिसमा लाग्ने हरेक संक्रामक रोगको एक निश्चित मौसम हुन्छ। जाडोमा रुघाखोकी लाग्छ, गर्मीमा पोलियो र वसन्त ऋतुमा मिजल्स, चिकनपक्स फैलन्छ। सबैखाले संक्रामक रोग मौसमको हिसाबमा फैलन्छ। सोही कारण कोरोना जाडोमा फैलन सक्छ,’’ उनी भन्छिन्।
कोरोना जाडोमा फैलन शुरू भएको थियो। कोरोनाका बारेमा अहिलेसम्म पाइएको प्रमाणले यो गर्मीमा कम फैलने देखिएको छ। मार्टिनेज भन्छिन्, ‘‘भाइरस तापमान र हावाको बहावका आधारमा फैलन्छ। भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने–नसर्ने कुरा पनि वातावरणमा रहेको ह्युमिडिटीमा भर पर्छ।’’
ह्युमिडिटी जाडोमा कम हुन जाँदा भाइरस हावामा बडी समय टिक्न सक्छ। भाइरस बन्द स्थानमा पनि अधिक समय बाँच्छ। जाडो याममा कोठाहरू बन्द हुन्छन्, त्यसकारण पनि भाइरस बढी फैलने सम्भावना हुन्छ। वैज्ञानिकहरूको विभिन्न अध्ययनले भाइरसको शक्ति बदलिँदो मौसममा निर्भर रहने पुष्टि गरेको छ। तर, प्रयोगशालामा गरिएको अध्ययन बाहिर खुल्ला ठाउँमा नमिल्न पनि सक्छ। तर, के चाहिँ सत्य हो भने, संक्रमण जब लाखौं मानिसमा हुन जान्छ तब त्यसले भयंकर रूप लिन्छ।
मार्टिनेज भन्छिन्, ‘‘संक्रामक रोग भनेको जंगलमा लागेको आगो जस्तै हो। सानै झरीले केही समय आगो कम गर्न सक्छ, तर पूरा निभ्दैन। कोरोनाका बिरामी जंगलको आगो जसरी पूरा संसारमा फैलिएका छन्। यो वर्ष उक्त आगो निभ्ने लक्षण देखिँदैन।’’ (बीबीसी)


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया