

भारतमा २४ घण्टामा ३ लाख ४८ हजार बढी संक्रमित थपिए, ४ हजार २०५को मृत्यु





काठमाडौं
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण ४ हजार २०५ जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोनाका ३ लाख ४८ हजार ४२१ नयाँ संक्रमित पनि थपिएका छन् ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ३३ लाख ४० हजार नाघेको छ । त्यस्तै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ५४ हजार १९७ पुगेको छ ।
भारतको महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने कर्नाटकमा ३९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
केरलामा पनि कोरोनाका ३७ हजार र तामिलनाडुमा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा ३७ लाखभन्दा धेरै सक्रिय संक्रमित छन् ।
भारतमा अहिलेसम्म १७ करोड ५२ लाख ३५ हजार डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया