एक थान प्रश्न सरकारको मात्रै हैन : डा. बाबुराम भट्टराई

काठमाडौं

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अहिलेको प्रश्न एक थान सरकार गठनको मात्र नभएको बताएका छन् ।

उनले राष्ट्रिय भूमिका अव दलहरूको कोर्टमा आएको भन्दै मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोना लगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु रहेको बताएका छन् ।

‘अब बल दलहरूको कोर्टमा आएको छ । प्रश्न एक थान सरकारको मात्र हैन, मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो । त्यसनिम्ति सबै संकिर्ण दलीय/गुटीय सोच भन्दामाथि उठ्नै पर्छ’, सामाजिक सञ्जालमा मंगलबार ट्वीट गर्दै पुर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने बताएका छन् ।

 

‘वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ !’ भट्टराईको भनाइ छ ।

जसपा वैकल्पिक शक्ति भएको नाताले एकतावद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

खबर सबै