

बाणगंगामा एकैपटक १२२ जनामा कोरोना पुष्टि


कपिलवस्तुको बाणगंगा नगरपालिकामा एकैपटक एक सय भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाले गरेको १ सय २५ जनाको नमुना परिक्षणमा एक सय २२ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलले जानकारी दिनुभयो ।
बैशाख २२ गते गरिएको पिसीआर परिक्षणमा नगरपालिकामा यति धेरैमा एकैपटक संक्रमण पुष्टि भएको हो । थपिएका मध्ये तीन जना बुटवल स्थित कोरोना अस्पताल सँगै विभिन्न अस्पतालमा उपचार गराईरहेका छन भने अन्यले होम आईसोलेसनमा आराम गरिरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
अहिले कोरोनाको दोस्रो लहर समुदायका हरेक परिवारमा पुगिसकेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पौडेलले बताउनुभयो । नगरपालिकाले बनाएको बुङ्चि आईसोलेसनमा समेत बिरामीहरु भरिभराउ छन भने अधिकाशं संक्रमितहरु आ आफ्नो घरमै बसेका छन् ।
अहिले अक्सिजन अभावका कारण बिरामीले उपचार पाउन नसकिरहेका बेला बाणगंगामा एकैपटक थपिएका ठूलो संख्याका संक्रमतिहरुको अवस्थाले नगरपालिकामा थप संकट पैदा गराएको छ । हरेक नागरिक सचेत हुनुपर्ने स्थिति आएको स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलले बताउनुभएको छ ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया